Flash Story
गुल्मी–१ मा मनिराम ज्ञवालीको घरदैलो अभियान तीव्र
रुपन्देही–१ मा आम जनता पार्टीका उम्मेदवार देवानको घरदैलो तीव्र
आम जनता पार्टीका कालबहादुर बिक दलित क्लस्टरबाट समानुपातिक सूचीको पहिलो नम्बरमा
चुनावी पोस्टरले नगरलाई कुरूप नबनाउने मनिष झाको घोषणा
नेपाल पत्रकार महासंघ ललितपुर शाखा ३४औँ वर्षमा प्रवेश
गाँजा ट्रेकिङ’ वाचा ६ वर्षमा शून्य काम — अब के के बाचा गरेर माग्ने भोट ?
रास्वपावाट टिकट पाएका दैलेख क्षेत्र न. २ का ईन्जिनियर बखत बा. शाहीको चर्चा
किशोरीलाई मन पराएको विषयमा विवाद हुँदा दैलेखमा चक्कु प्रहारबाट १६ वर्षीय किशोरको मृत्यु
थाक्रे–२ मा नेपाली कम्युनिस्ट पार्टीको अगुवा कार्यकर्ता भेला सम्पन्न

हामी सच्चिनेछौं, झन् बलियो भएर उठ्नेछौं : गगन थापा

Spread the love

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २३ को घटना अकल्पनीय भएको भन्दै पार्टीका तर्फबाट माफी मागेका छन् । साथै उनले नेपाली कांग्रेसको अनुहारमा दाग लागेकाले ऐना पुछेर नहुने भन्दै कांग्रेसका अनुहार दाग पुछ्नु पर्ने बताएका हुन् । पार्टीको पुनर्गठन पनि अनिवार्य रहेको बताएका छन् ।

मत प्राप्त गर्ने र विश्वास प्राप्त गर्ने फरक–फरक रहेकाले यसमा आत्मसमीक्षा गर्नुपर्ने उनले बताए । ‘नागरिकको विश्वास किन टुट्यो । यसको हामीले समीक्षा गर्नुपर्दछ । खासगरी नयाँ पुस्ताले हामीलाई नरुचाएको पाइयो,’ थापाले एक भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘उनीहरु किन हामीहरुसँग छैनन् ? यसको उत्तर खोज्ने मात्रै होइन, केही काम गर्ने पनि हो,’ गति र मति अनुसार पार्टी चल्न नसकेको बताए ।

कांग्रेसको अनुहारमा दाग लागेको हुँदा ऐना पुछेर नहुने उनले बताए । भिडियो सन्देशमा उनी भन्छन्, ‘सिंगो देशसँग कांग्रेसले माफी माग्नुपर्दछ । यो घाउलाई पुर्नुपर्दछ ।’

२३ र २४ भदौमा भएका अमानवीय र क्रुर सबै घटनाको छानविन हुनुपर्ने उनले माग गरे । सभापतिदेखि नेता कार्यकर्ताहरुलाई आक्रमण भएको थापाले जानकारी गराए । थापाले भने, ‘स्वभाविक आक्रोशलाई हामीले स्विकार गर्नुपर्दछ । तर, जहाँ नियतवश भएको छ । ती दण्डनीय छन् । तीनलाई कानुनको दायरामा ल्याउनुपर्दछ ।’

पुन: निर्माणको अग्रसरता पनि कांग्रेसले लिनुपर्ने महामन्त्री थापाले बताए ।

राष्ट्रपति, पार्टीहरु, आन्दोलनकारीसँग संवाद जारी रहेको उनले बताए । जेनजीहरुले चाहेको व्यक्तिलाई प्रधानमन्त्री बनाउन आवश्यक पहल कांग्रेसले गरिरहेको उनले सुनाए । ‘यो सरकारलाई हामी संविधानसँग जोड्न चाहन्छौं । संविधान एकपटक ट्रयाकबाहिर गयो भने फर्काउन सकिँदैन,’ थापाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top