Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

आपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन सशस्त्र प्रहरीको अनुरोध

Spread the love

काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालले आपराधिक गतिविधि भएको पाइएमा आफ्नो टोल फ्रि नं १११४ वा अन्य सुरक्षा निकायमा तुरुन्त जानकारी गराई सहयोग गर्न अनुरोध गरेको छ ।

प्रधान कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै हालको विषम परिस्थिति सामान्यीकरण हुँदै जाने क्रममा केही व्यक्ति वा समूहले विभिन्न आपराधिक गतिविधि गर्नसक्ने भन्दै त्यस्तो भएमा वा भएको देखेमा खरब गर्न आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, “सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट तथ्यहीन भ्रामक प्रचारप्रसार गर्ने र परिस्थितिको अनुचित फाइदा उठाइ सीमा अपराधलगायत लुटपाट, आगजनीजस्ता कार्यमा संलग्न भई आपराधिक गतिविधि हुनसक्ने जनाउँदै त्यसबारे टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध छ ।”

यसैगरी राष्ट्रमा शान्ति र सुव्यवस्था कायम गरी जनताको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्न जुनसुकै विषम परिस्थितिमा पनि सशस्त्र प्रहरी बल देश र जनताको सेवामा प्रतिबद्ध रही पूर्ण संयमताका साथ परिचालन भइरहेको पनि जनाइएको छ ।

प्रहरी बलले राज्यद्वारा सुम्पिएको मुख्य कार्यदिशाअन्तर्गत सीमा सुरक्षामा आफ्नो जिम्मेवारीबाट विचलित नभई अन्तर्राष्ट्रिय सीमाबाट हुनसक्ने कुनै पनि किसिमको सीमा अपराध, घुसपैठ तथा अतिक्रमणजस्ता कार्य नियन्त्रण गर्न प्रभावकारी रूपमा परिचालन हुँदै आइरहेको पनि जनाएको छ ।

यसका लागि सीमामा खटिएका समकक्षीलगायत सरोकार भएका अन्य निकायसँग निरन्तर समन्वय भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top