Flash Story
जुवा (कौडा) खेलिरहेको अवस्थामा ५ लाख ५२ हजार ३ सय नगद रकम सहित ७ जना मानिसहरू नियन्त्रणमा
संविधान सभा सदस्य सुनिल बाबु पन्तद्वारा लिखित ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तक सार्वजनिक 
के नेपालमा गरिब भएर जन्मिनु अपराध हो? अस्पतालको ढोकामा रोइरहेका नेपालीको पीडा
मन्त्रिपरिषद्का निर्णय : विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस,
धनी राष्ट्रहरुले गरेको मानवहित विपरित कार्वन उत्सर्जनले भोटेकोशी जस्तो विपत्ति निम्तियोः युवाहरु
३ करोड ३८ लाखभन्दा बढी रकमको अनलाइन सट्टसबाजी तथा क्रिप्टो कारोबारमा संलग्न एक जना मानिस नियन्त्रणमा
बलात्कार मुद्धामा ९ महिनासम्म नपक्रेको अपाङ्गता भएकी महिलाको गुनासो
चोभार–ड्राइपोर्ट सडकमा जोखिमै जोखिम, खाल्डाखुल्डीले दुर्घटनाको त्रास
स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्न नयाँ कार्यविधि

विद्युत् बक्यौता उठाउने ऊर्जा मन्त्रीको निर्णय कार्यान्वयन गर्छौँ : हितेन्द्रदेव शाक्य

Spread the love

काठमाडौँ। अर्बौँ बाँकी विद्युत् बक्यौता उठाउन नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठक डाक्ने तयारी गरेको छ ।

कुलमान घिसिङले ऊर्जा मन्त्रीको कार्यभार सम्हाल्दै गर्दा विद्युत् बक्यौता उठाउनेसम्बन्धी पहिलो निर्णय गरेका थिए ।

सोही निर्णयलाई कार्यान्वयनमा लैजानका लागि चाँडै बोर्ड बैठक डाक्ने तयारी भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।

उनका अनुसार सोमवाररमंगलवार नै बैठक बसेर बिजुली बक्यौता उठाउन चाल्ने कदमबारे निर्णय लिइनेछ । शाक्यले सरकारको निर्णय मानेरै बक्यौता उठाउन लाग्ने समेत बताएका छन् ।

‘बक्यौतासम्बन्धी जुन मन्त्रीज्यूको निर्णय छ । यसलाई हामीले कार्यान्वयन गर्छौँ । विद्युत् प्राधिकरणको मन्त्रीज्यू नै अध्यक्ष हुने व्यवस्था छ । बोर्डले निर्णय गर्नासाथ बक्यौता उठाउन लाग्छौँ,’ शाक्यले भने, ‘बक्यौताका विषयमा हामीले बोर्डबाटै निर्णय गर्छौ । बोर्डमा मन्त्रीज्यू नै अध्यक्ष भएकाले निर्णय भएर कार्यान्वयन अघि बढ्नेछ । भोलि अथवा पर्सिमै बोर्ड बैठक बस्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top