Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

१ घण्टामा नारायणघाट पुग्ने आधुनिक द्रुतमार्ग निर्माण सुरु गरौँ : जनार्दन शर्मा

Spread the love

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पृथ्वी राजमार्ग र मुग्लिङ नारायणगढ सडकले अब मुलुकको यातायात चाप धान्न नसक्ने बताएका छन् । ठाउँ ठाउँमा पहिरो खस्ने, खोलाले तान्ने जस्ता समस्याले हरेक वर्ष जनधनको ठुलो क्षति भएकाले विकल्पमा नारायणगढ पुग्ने आधुनिक द्रुतमार्ग निर्माण सुरु गर्न सुझाएका छन् ।

बुधबार सामाजिक सञ्जालमा शर्माले लेखेका छन्– ‘ठाउँ–ठाउँमा पहिरो खस्ने, खोलाले तान्ने, पृथ्वी राजमार्ग र मुग्लिङ नारायणघाट सडकले अब मुलुकको यातायात चाप धान्न सक्दैन। हरेक वर्ष जनधनको ठुलो क्षति व्यहोर्नुपरेको आवागमनमा अत्यधिक दुःख र आर्थिक विकासको बाधा हटाउन मैले प्रस्ताव गरेको १ घण्टामा नारायणघाट पुग्ने आधुनिक द्रुतमार्ग निर्माण सुरु गरौँ ।’ नारायणगढ–मुग्लिङ सडक खण्डमा पहिरो खस्दा केही दिनदेखि हजारौँ गाडी रोकिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top