Flash Story
जुवा (कौडा) खेलिरहेको अवस्थामा ५ लाख ५२ हजार ३ सय नगद रकम सहित ७ जना मानिसहरू नियन्त्रणमा
संविधान सभा सदस्य सुनिल बाबु पन्तद्वारा लिखित ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तक सार्वजनिक 
के नेपालमा गरिब भएर जन्मिनु अपराध हो? अस्पतालको ढोकामा रोइरहेका नेपालीको पीडा
मन्त्रिपरिषद्का निर्णय : विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस,
धनी राष्ट्रहरुले गरेको मानवहित विपरित कार्वन उत्सर्जनले भोटेकोशी जस्तो विपत्ति निम्तियोः युवाहरु
३ करोड ३८ लाखभन्दा बढी रकमको अनलाइन सट्टसबाजी तथा क्रिप्टो कारोबारमा संलग्न एक जना मानिस नियन्त्रणमा
बलात्कार मुद्धामा ९ महिनासम्म नपक्रेको अपाङ्गता भएकी महिलाको गुनासो
चोभार–ड्राइपोर्ट सडकमा जोखिमै जोखिम, खाल्डाखुल्डीले दुर्घटनाको त्रास
स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्न नयाँ कार्यविधि

सेयर बजार बढ्यो, कारोबार रकम कति ?

Spread the love

काठमाडौँ। साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार २.३५ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २६५२ अंकमा झरेको छ । त्यस्तै कारोबार रकम पनि घटेको छ ।

अघिल्लो दिन ४ अर्ब १२ करोडको कारोबार भएकोमा आज ३ अर्ब २६ करोडको भयो । दशैं प्रभावले सेयर कारोबार रकम सुस्ताएको छ । हाल सेयर खरिद गर्नेले पनि दशैंअघि डिम्याट खातामा सेयर नपाउने र बेच्ने पनि बैंक खातामा पैसा नपाउने भएपछि खरिद बिक्री गर्न लगानीकर्ता अनिच्छुक देखिए । दशैंअघि अब आइतबार मात्रै बजार खुल्नेछ ।

आज १०७ कम्पनीको मूल्य बढ्दा १३९ को घट्यो भने ५ को स्थिर रह्यो । अधिकांश सेक्टरका सूचक घटेका छन् । बैंकिङ ०.१२, लगानी ०.२१ र व्यापार समूह १.३६ प्रतिशत बढे । विकास बैंक ०.४४, फाइनान्स ०.५०, होटल तथा पर्यटन १.४९, हाइड्रोपावर ०.०४, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन ०.६३, माइक्रोफाइनान्स ०.०९, निर्जीवन बीमा ०.३९ तथा अन्य ०.४९ प्रतिशत घटे ।

हिमस्टार ऊर्जाको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । कालिका पावरको ६।७२, गुराँस लघुवित्तको ६.२९ प्रतिशत मूल्य बढ्यो । सिटी होटलको मूल्य सबैभन्दा धेरै ७.५५ प्रतिशत घट्यो । नारायणी डेभलपमेन्ट बैंकको ५.८५, समता घरेलु लघुवित्तको ४.७४ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, युनियन हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, कालिका पावर, लुम्बिनी विकास बैंक क्रमशः अगाडि रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top