Flash Story
जुवा (कौडा) खेलिरहेको अवस्थामा ५ लाख ५२ हजार ३ सय नगद रकम सहित ७ जना मानिसहरू नियन्त्रणमा
संविधान सभा सदस्य सुनिल बाबु पन्तद्वारा लिखित ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तक सार्वजनिक 
के नेपालमा गरिब भएर जन्मिनु अपराध हो? अस्पतालको ढोकामा रोइरहेका नेपालीको पीडा
मन्त्रिपरिषद्का निर्णय : विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस,
धनी राष्ट्रहरुले गरेको मानवहित विपरित कार्वन उत्सर्जनले भोटेकोशी जस्तो विपत्ति निम्तियोः युवाहरु
३ करोड ३८ लाखभन्दा बढी रकमको अनलाइन सट्टसबाजी तथा क्रिप्टो कारोबारमा संलग्न एक जना मानिस नियन्त्रणमा
बलात्कार मुद्धामा ९ महिनासम्म नपक्रेको अपाङ्गता भएकी महिलाको गुनासो
चोभार–ड्राइपोर्ट सडकमा जोखिमै जोखिम, खाल्डाखुल्डीले दुर्घटनाको त्रास
स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्न नयाँ कार्यविधि

साना उद्योगको प्रवर्द्धन र विकासका लागि सरकार प्रतिबद्ध छ : उद्योग मन्त्री सिन्हा

Spread the love

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले मुलुकको आर्थिक विकासका लागि लघु, घरेलु तथा साना उद्योगको भूमिका उच्च भएकाले सो क्षेत्रको प्रवर्द्धन र विकासका लागि सरकार प्रतिबद्ध भएर लाग्ने बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रतिनिधिमण्डलसँग शनिबार भएको भेटघाट र छलफलका क्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री सिन्हाले भने, “अर्थतन्त्रको महत्त्वपूर्ण पाटोका रूपमा रहेका घरेलु तथा साना उद्योगहरू मेरो र सरकारकै पनि प्राथमिकताप्राप्त क्षेत्र हो । छोटो समयका लागि यो जिम्मेवारीमा आएको छु के कति हदसम्म गर्न सकिन्छ म पहल गर्छु ।”

मन्त्री सिन्हाले स्वदेशी वस्तुहरूको प्रयोगलाई प्राथमिकता दिने नीति अङ्गीकार गरेको जानकारी दिँदै यस्तो प्रयोगले रोजगारी सृजना गर्ने, स्थानीय उद्योगलाई मजबुत बनाउने र आयातलाई घटाउने अपेक्षा गरिएको बताए ।

मुलुकको पुनर्निर्माण तथा मर्मतका कामहरूमा स्थानीय स्रोतसाधन र स्वदेशी सामग्रीको प्रयोग गर्नुपर्नेमा जोड दिँदै उनले आगामी निर्वाचनका लागि जे जति वस्तु आवश्यक पर्छ स्थानीय तहमा पाइने वस्तुलाई प्राथमिकतामा राख्न विशेष अनुरोध गरे ।

उद्यमीले लिएको ऋणको पुनर्तालिकीकरण तथा ऋण पुनर्संरचनाको आवश्यकता औँल्याउँदै उनले यस्ता उद्योगको हकमा सहुलियतपूर्ण कर्जाको दायरा तीन करोड पुर्‍याउनुपर्ने र न्यून ब्याजदरमा सहुलियतपूर्ण कर्जा सुविधा उपलब्ध गराउनुपर्नेतर्फ मन्त्री सिन्हाको ध्यानाकर्षण गराए ।

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवद्वय डा।रामप्रसाद घिमिरे र कृष्णबहादुर राउत, महासंघका उपाध्यक्ष सत्यनारायण प्रजापतिलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top