Flash Story
गुल्मी–१ मा मनिराम ज्ञवालीको घरदैलो अभियान तीव्र
रुपन्देही–१ मा आम जनता पार्टीका उम्मेदवार देवानको घरदैलो तीव्र
आम जनता पार्टीका कालबहादुर बिक दलित क्लस्टरबाट समानुपातिक सूचीको पहिलो नम्बरमा
चुनावी पोस्टरले नगरलाई कुरूप नबनाउने मनिष झाको घोषणा
नेपाल पत्रकार महासंघ ललितपुर शाखा ३४औँ वर्षमा प्रवेश
गाँजा ट्रेकिङ’ वाचा ६ वर्षमा शून्य काम — अब के के बाचा गरेर माग्ने भोट ?
रास्वपावाट टिकट पाएका दैलेख क्षेत्र न. २ का ईन्जिनियर बखत बा. शाहीको चर्चा
किशोरीलाई मन पराएको विषयमा विवाद हुँदा दैलेखमा चक्कु प्रहारबाट १६ वर्षीय किशोरको मृत्यु
थाक्रे–२ मा नेपाली कम्युनिस्ट पार्टीको अगुवा कार्यकर्ता भेला सम्पन्न

कृषि–जैविक विविधता : चितवनका किसान जलवायु अनुकूल खेतीतर्फ मोडिँदै

Spread the love

चितवन – बिहानको हुस्सु मक्केको खेतमाथि हल्का सर्लक्क छ। किसान सिताराम पराजुली हातमा डोरि र धागो लिएर टमाटर बारिमा धागो बुन्न र टमाटरको पात काट्न व्यस्त छन्। केही वर्षअघि यो खेतमा केवल धान र तोरि मात्र हुन्थ्यो। तर अहिले धान र तोरिसँगै टमाटर,फर्सी, सिमि लगायतका तरकारी र फलफूलमा  स्थानीय मेवा, लिचि र आँपका बोटहरू पनि उभिएका छन्।

“पहिले हरेक वर्षको बालीमा आशा राख्थ्यौं, तर अहिले मौसमले नै साथ दिँदैन। अब हामीले मौसमसँग लड्नु छैन, उसैसँग मिलेर बाँच्न सिक्नुपर्छ।”

पराजुली जस्तै धेरै किसानहरू अहिले चितवनमा जलवायु अनुकूल खेतीतर्फ मोडिँदै छन्।

मौसम बदलियो, सोच बदलियो :

पछिल्ला दशकमा चितवनका किसानहरूले मौसमको नसोचेको रुप देखेका छन्। कहिले बेमौसमी वर्षा, कहिले असिनापानी, कहिले त सुख्खा नै सुख्खा। यसले बाली मात्र होइन, किसानको विश्वास पनि हल्लाइदिएको छ।

अब उनीहरू “जैविक विविधता” र “परम्परागत ज्ञान”मा फर्किँदैछन्। एक प्रकारको बालीमा निर्भर रहँदा ठूलो जोखिम हुने बुझेपछि किसानहरूले धान, मकैसँगै तरकारी र स्थानीय फलफूल  खेतीको संयोजन गर्न थालेका छन्।

किसान सिताराम पराजुलि भन्छन्,

“म अहिले आफ्नो खेतमा धानसँगै विभिन्न तरकारी लगाएको छु। यसले मौसमी जोखिम कम गर्‍यो र आम्दानी पनि स्थिर भएको छ।”

त्यस्तै अर्का किसान विश्व पोखरेल थप्छन्,

“तरकारी र स्थानीय मेवा खेती सुरु गरेपछि बजारमा विविध विकल्प मिल्न थालेको छ। जलवायु परिवर्तनसँग लड्न यो हाम्रो लागि सबैभन्दा ठुलो उपाय हो।”

परम्परागत ज्ञान र आधुनिक सोच

कृषि ज्ञान केन्द्र चितवनकी प्रमुख डा. रचना खड्का भन्छिन्,

“जलवायु अनुकूलन केवल प्रविधिको कुरा होइन, यो सोचको पनि परिवर्तन हो। किसानहरू अहिले आफ्ना बाली प्रणालीमा विविधता र लचकता ल्याउँदैछन्, जुन दीर्घकालीन रूपमा दिगो समाधान हो।”

उनका अनुसार अहिले धेरै किसानहरू स्थानीय बीउ संरक्षण, जैविक मलको प्रयोग र कीटनाशकविहीन खेतीमा जोड दिइरहेका छन्। यसले माटोको शक्ति पनि बढाउँछ र बजारमा माग पनि बढ्दो छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top