Flash Story
डिडिसीमा व्यापक अनियमितता भएको पूर्व सञ्चालक समिति अध्यक्षको खुलासा
युवतीलाई गोप्य अङ्ग देखाउनेको भिडिओलाई लिएर गृहमन्त्रीको प्रतिक्रिया: आरोपी पक्राउ, पीडितको साहसको प्रशंसा
फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोजी
सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
थाक्रे–२ मा रोपाइँ कार्यक्रम सम्पन्न, परम्परागत खेती संरक्षणमा जोड
मिडियामा आर्थिक नाकाबन्दी, सरकार अधिनायकवाद उन्मुख भएकोे संकेत
निलो प्रेम पढिरहेकी शिक्षा, तर नौलो जीवन टाढिँदै थियो…
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर संघर्षको तयारी गरौंः राजेन्द्र पाण्डे

सनातन यात्राका लागि नयाँ पुस्तासहितको राष्ट्रिय सहमति आवश्यक’

Spread the love

काठमाडौं –‘Save the Nation Media’ले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सनातन यात्राका लागि नयाँ पुस्तासहितको राष्ट्रिय सहमति र सर्वपक्षीय सर्वदलीय सरकार गठनको माग गरेको छ।

नेपाल पत्रकार भवन, कमलादीमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका प्रेस सल्लाहकार मेघराज कुवरले नेपाली जनताको एकता र सनातन मूल्य–मान्यतामा आधारित राष्ट्रिय सहमतिको आवश्यकता औंल्याए।

कार्यक्रमको संयोजन यवराज आचार्यले गरेका थिए भने विक्रमशिंह ठकुरी, डा. शिशुपाल थापा, दुर्गाकुमारी सापकोटा र राजेन्द्रबहादुर (प्रतिनिधित्वमा) लगायतका वक्ताहरूले आ–आफ्ना धारणा राखेका थिए।

उक्त पत्रकार सम्मेलनमा ‘Save the Nation Media’ले पत्रकारहरूलाई कार्यक्रमका विषयमा विस्तृत जानकारी गराएको थियो।

पत्रकार सम्मेलनमा वक्ताहरूले देशको राजनीतिक अस्थिरता अन्त्य गर्न सबै दलहरूबीचको सहकार्य आवश्यक रहेको बताएका थिए। उनीहरूले नयाँ पुस्तालाई सनातन मूल्य, राष्ट्रिय एकता र नीतिगत स्थायित्वका अभियानमा जोडिन आह्वान गरेका थिए।

कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन गर्दै सल्लाहकार मेघराज कुवरले सहभागी सबैलाई सहयोग र सहकार्यका लागि आभार व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top