Flash Story
गुल्मी–१ मा मनिराम ज्ञवालीको घरदैलो अभियान तीव्र
रुपन्देही–१ मा आम जनता पार्टीका उम्मेदवार देवानको घरदैलो तीव्र
आम जनता पार्टीका कालबहादुर बिक दलित क्लस्टरबाट समानुपातिक सूचीको पहिलो नम्बरमा
चुनावी पोस्टरले नगरलाई कुरूप नबनाउने मनिष झाको घोषणा
नेपाल पत्रकार महासंघ ललितपुर शाखा ३४औँ वर्षमा प्रवेश
गाँजा ट्रेकिङ’ वाचा ६ वर्षमा शून्य काम — अब के के बाचा गरेर माग्ने भोट ?
रास्वपावाट टिकट पाएका दैलेख क्षेत्र न. २ का ईन्जिनियर बखत बा. शाहीको चर्चा
किशोरीलाई मन पराएको विषयमा विवाद हुँदा दैलेखमा चक्कु प्रहारबाट १६ वर्षीय किशोरको मृत्यु
थाक्रे–२ मा नेपाली कम्युनिस्ट पार्टीको अगुवा कार्यकर्ता भेला सम्पन्न

नवलपरासीका समस्याबारे स्थलगत निरीक्षण गर्न मन्त्री कुलमान घिसिङ नवलपरासीमा

Spread the love

नवलपरासी — युवा नेता विजय कँडेलले नवलपरासी जिल्लामा लामो समयदेखि जनताले सास्ती भोग्दै आएका विभिन्न पूर्वाधारसम्बन्धी समस्याको समाधानका लागि पहल गर्दै मन्त्री कुलमान घिसिङलाई नवलपरासी आमन्त्रण गर्नुभएको छ।

नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा निर्माण ढिलाइका कारण दैनिक यात्रु तथा स्थानीय बासिन्दाले अत्यधिक सास्ती खेप्दै आएको अवस्थामा त्यसको स्थलगत निरीक्षण गर्न मन्त्री घिसिङ नवलपरासी आउनुभएको हो। यसका साथै बर्दघाट–खजुरा पुल, बर्दघाट–त्रिवेणी हुलाकी मार्ग तथा जिल्लाका अन्य महत्वपूर्ण पूर्वाधारसम्बन्धी समस्याहरूको समेत स्थलगत निरीक्षण गरिने जनाइएको छ।

युवा नेता कँडेलले जनताका दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका समस्याहरू कागजमा होइन, स्थलमै पुगेर बुझ्नुपर्ने आवश्यकता औँल्याउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराउन यो पहल गरिएको बताउनुभएको छ। स्थलगत निरीक्षणपछि तत्कालीन तथा दीर्घकालीन समाधानका उपायहरू अघि बढाइने अपेक्षा स्थानीयवासीले गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top