काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । उनले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक नेपालको संविधानबमोजिम आइतबार प्रमाणीकरण गरिएको । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
लोकसेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
काठमाडौँ। लोकसेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिएको छ । राष्ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले आयोगको आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।
७ दिनका लागि आज बैंकिङ प्रणालीबाट ७० अर्ब खिच्दै राष्ट्र बैंक
काठमाडौँ। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ७ दिनका लागि उक्त रकम झिक्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ […]
सानिमा बैंकको लाभांश घोषणा
काठमाडौँ। सानिमा बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्ताव घोषणा गरेको छ। बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसअनुसार बैंकले हाल कायम चुक्तापुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४.३३ रुपैयाँको कुल ७.३६८५ प्रतिशतले हुन आउने १ अर्ब ७ लाख […]
तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटना, २० जना घाइते
काठमाडौँ। काठमाडौँको तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटनामा परेको छ । बा ५ ख ५० नम्बरको बस आज बिहान दुर्घटना परेको हो। दुर्घटनामा २० जना भन्दा बढी घाइते भएका छन् । माछापोखरी बाइपासको उकालो चोकमा उक्त गाडी दुर्घटना परेको हो। स्थानीयका अनुसार बाइकलाई जोगाउन खोज्दा भन्दा उक्त गाडी मुख्य सडकमा पल्टिएको हो।
जेनजी प्रदर्शनमा कारागार तोडेर भागेका ८ हजार कैदीबन्दी अझै फरार
काठमाडौँ। जेनजी आन्दोलनको क्रममा २४ भदौमा कारागार तोडफोड गरेरका भागेका मध्ये अझै ८ हजार भन्दा बढी कैदीबन्दीहरू फरार रहेका छन् । कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार अझै पनि ८ हजार ३७५ कैदीबन्दीहरू फरार छन् । कारागारतर्फ ७ हजार ७५३ र सुधारगृह तर्फ ६२२ गरी ८ हजार ३५७ कैदीबन्दी अझै फरार रहेको विभागले बताएको छ । देशभरका […]
स्मार्ट लाइसेन्सको डेटा सुरक्षित : यातायात व्यवस्था विभाग
काठमाडौँ। जेन जेड आन्दोलनका क्रममा मीन भवनस्थित यातायात व्यवस्था विभागमा आगजनी हुँदा पनि स्मार्ट लाइसेन्सको डेटा भने सुरक्षित रहेको कर्मचारीहरूले बताएका छन् । ब्याकअपमा रहेको डेटा रिकभर गरेर सेवा सुरु गर्न सकिने अवस्थामा रहेको कर्मचारीहरूको भनाइ छ । २३ र २४ भदौमा जेन जेड आन्दोलन चर्किँदा संसद् भवनभन्दा पूर्वतर्फ रहेको यातायात व्यवस्था विभागको कार्यालयमा पनि […]
चालू आवको बजेट पुनरावलोकन गर्ने बागमती सरकारको निर्णय
काठमाडौँ। बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को लागि विनियोजित बजेट पुनरावलोकन गर्ने भएको छ । बजेट पुनरावलोकनको लागि आज शुक्रबार हेटौँडामा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अध्ययनका लागि स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ । वर्तमान स्थितिको विषम परिस्थितिमा बजेटको पनि अभाव हुने देखिएको, प्रदेश भरको प्रशासनिक पुर्नसंरचनाको लागि थप आर्थिक भार पर्ने भएको […]
सङ्घीय संसद् भवन आगामी पुसभित्रै सम्पन्न गर्नुपर्छ : कुलमान घिसिङ
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन जसरी पनि आगामी पुसभित्रै सम्पन्न गर्नुपर्ने बताएका छन् । सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, विशेष भवन निर्माण आयोजना तथा समन्वय कार्यालय, आयोजनाका परामर्शदाता र निर्माण व्यवसायीसँग आज भवन निर्माणबारे छलफल गर्दै उहाँले पुसमै निर्माणसम्पन्न गर्नेगरी काम […]
संविधान दिवसले नेपालीको आकांक्षा पूरा गर्न एकजुट हुने प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सबैलाई एकजुट हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । उनले संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नो तर्फबाट इमान्दार र प्रभावकारी प्रयास जारी राख्न सबैमा आह्वान […]

