Flash Story
तत्काल इन्धनको मूल्य नघटाए आयल निगम घेराउ गर्ने जेनजीको चतावनी
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने

Year: 2025

अर्थमन्त्री र जापानी राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ। अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच आज सिंहदरवारस्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको छ। भेटका क्रममा नेपाल–जापानबीचको ऐतिहासिक मित्रता, नेपालको आर्थिक–सामाजिक विकासमा जापानले पुर्‍याइरहेको सहयोग र हालको राजनीतिक परिवेशबारे चर्चा गरिएको थियो। अर्थमन्त्री खनालले हालको सरकार विशेष परिस्थितिमा गठन भएको उल्लेख गर्दै तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु नै सरकारको मुख्य […]

उल्लास होइन, दुर्घटनाको कारण बन्ने गरेको छ मदिरा : एआईजी कार्की

काठमाडौँ। काठमाडौँ उपत्यका प्रहरी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले मनोरञ्जनको पर्यायवाची मादक पदार्थ भन्ने किसिमको गलत बुझाइ नेपाली समाजमा रहेको बताएका छन् । आइतबार चाडपर्व लक्षित ट्राफिक वाक समापन कार्यक्रममा बोल्दै उनले पछिल्लो समय नेपाली समाजमा चाडपर्वको नाममा भयंकर मदिरा सेवन गर्ने प्रवृत्ति बढेको भन्दै आपत्ति जनाए। उनले भने, ‘कतिपयले चाडबाडलाई उल्लासमय बनाउने […]

बेमौसमी फूलखेती गरेर रु १५ लाख आम्दानी

काठमाडौँ। घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका लोकेन्द्र रोकामगरको बारीमा आजभोलि सयपत्रीका फूल ढकमक्क फुलेका छन् । उनले बाह्रै महिना यसैगरी फूलको व्यावसायिक खेती गर्दै आएका छन् । बेसिजन अर्थात् बेमौसमी याममा पनि उन फूल, माला बिक्री गर्दै आएको बताए । चाडपर्वमा मात्र नभई मगरको बारीमा अघिपछि पनि फूल फुलिरहेको हुन्छ । व्यावसायिक रूपमा फूलखेती गरेका उनी यही […]

सिटी मार्केटका २७ व्यवसायीलाई हट्न महानगरको निर्देशन

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका सिटी मार्केटका पसलहरू खाली गर्न ३ महिनाको अल्टिमेटम दिएको छ । महानगरको राजस्व विभागले जारी गरेको सार्वजनिक सूचनाअनुसार, मार्केटलाई आय ठेक्कामा लगाउने सम्बन्धमा गणेश इलेक्ट्रोनिक्ससँग २०७९ पुस २२ गते सम्झौता भएको थियो । तर सम्झौताअनुसार कार्य नभएको र सो सिटी मार्केट भत्काई वडा कार्यालय भवन निर्माण गर्न सम्बन्धित वडाबाट […]

साना उद्योगको प्रवर्द्धन र विकासका लागि सरकार प्रतिबद्ध छ : उद्योग मन्त्री सिन्हा

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले मुलुकको आर्थिक विकासका लागि लघु, घरेलु तथा साना उद्योगको भूमिका उच्च भएकाले सो क्षेत्रको प्रवर्द्धन र विकासका लागि सरकार प्रतिबद्ध भएर लाग्ने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रतिनिधिमण्डलसँग शनिबार भएको भेटघाट र छलफलका क्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका […]

आन्दोलनमा क्षति भोगेका व्यवसायीले पुससम्म कर्जा पुनर्तालिकीकरण गर्न पाउने

काठमाडौँ। जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको असामान्य परिस्थितिका कारण क्षति भएका उद्योग, व्यापार, व्यवसाय, प्रतिष्ठान तथा ऋणीले पुस मसान्तसम्म कर्जा पुनर्तालीकीकरण तथा पुनर्संरचनाको सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गरेको छ । पुनर्तालिकीकरण र पुनर्संरचना गरिएका कर्जा असार मसान्तसम्मको वर्गअनुसार नै कायम राख्न भनिएको […]

जापानी सहयोगका विषयमा ऊर्जामन्त्रीले गरे राजदूतसँग छलफल

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई राजदूत तोरुले जापानका तर्फबाट बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरे । जापान नेपालको आर्थिक तथा सामाजिक विकासका लागि लामो समयदेखिको महत्वपूर्ण तथा विश्वासिलो […]

घटनापूर्व सम्भावित कारणहरूको आकलन गर्न नसक्नु सरकारको गम्भीर कमजोरी : आयोग

काठमाडौँ। भ्रष्टाचारको अन्त्य र सुशासनको स्थापनाका एजेण्डासहित गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको प्रदर्शनपछि मानव अधिकारको अवस्थाको बारेमा राष्ट्रिय मानव अधिकार आयोगले देशभर निरन्तर अनुगमन गरिरहेको छ । शुक्रबार आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै निरन्तर अनुगमन गरिरहेको जनाएको हो। घटना हुनु पूर्व घटना हुनसक्ने सम्भावित कारणहरूको आकलन गर्न नसक्नु सरकारको गम्भीर […]

बीमा प्राधिकरणको अध्यक्ष शर्माले लिए शपथ

काठमाडौँ। अर्थमन्त्री रामेश्वर खनालसमक्ष नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त जनकराज शर्माले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अध्यक्ष शर्माले शपथ लिएका हुन् । मन्त्रिपरिषद्को यही असोज ९ गतेको निर्णयबाट शर्मा नियुक्त भएका शर्माले आजै कार्यभार सम्हाल्नेछन् ।

राजनीतिक कनेक्सनका आधारमा रोकिएका फाइल खुल्छन् : गृहमन्त्री अर्याल

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका अनुसन्धानका सबै फाइल खोल्ने बताएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को अनुगमन गरेपछि मन्त्री अर्यालले सो कुरा बताएका हुन् । शान्ति सुरक्षा र सुशासन कायम गर्दै आगामी चुनाव सम्पन्न गर्न पनि राजनीतिक कनेक्सनका फाइल खोल्नुपर्ने उनले बताए । मन्त्री अर्यालले भने, ‘पोलिटिकल कनेक्सनका आधारमा जे […]

Back To Top