Flash Story
गुल्मी–१ मा मनिराम ज्ञवालीको घरदैलो अभियान तीव्र
रुपन्देही–१ मा आम जनता पार्टीका उम्मेदवार देवानको घरदैलो तीव्र
आम जनता पार्टीका कालबहादुर बिक दलित क्लस्टरबाट समानुपातिक सूचीको पहिलो नम्बरमा
चुनावी पोस्टरले नगरलाई कुरूप नबनाउने मनिष झाको घोषणा
नेपाल पत्रकार महासंघ ललितपुर शाखा ३४औँ वर्षमा प्रवेश
गाँजा ट्रेकिङ’ वाचा ६ वर्षमा शून्य काम — अब के के बाचा गरेर माग्ने भोट ?
रास्वपावाट टिकट पाएका दैलेख क्षेत्र न. २ का ईन्जिनियर बखत बा. शाहीको चर्चा
किशोरीलाई मन पराएको विषयमा विवाद हुँदा दैलेखमा चक्कु प्रहारबाट १६ वर्षीय किशोरको मृत्यु
थाक्रे–२ मा नेपाली कम्युनिस्ट पार्टीको अगुवा कार्यकर्ता भेला सम्पन्न

वडा अध्यक्षको कडा कदम, स्वास्थ्य शाखामा तालाबन्दी”

Spread the love

धादिङ – थाक्रे गाउँपालिकाको स्वास्थ्य शाखामा तालाबन्दी गरिएको छ।
विगतका वर्षमा ७०–८० जना सम्म सुत्केरी हुने थाक्रे–६ स्थित महादेवबेसी स्वास्थ्य चौकीमा लामो समयदेखि नर्सिङ कर्मचारी नपठाइँदा बर्थिङ सेवा गम्भीर रूपमा प्रभावित भएको भन्दै तालाबन्दी गरिएको हो।
थाक्रे गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष तथा महादेवबेसी स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष हीरा बहादुर थापा (राजेन्द्र) ले स्वास्थ्य शाखाले पटक–पटकको आग्रह बेवास्ता गरेको आरोप लगाउँदै तालाबन्दी गरेका हुन्।
उनका अनुसार, सुत्केरी सेवा दिन आवश्यक कर्मचारी माग गर्दा पनि प्रसूति सेवा दिने नर्स नपठाइएकाले बर्थिङ सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।
यसको प्रत्यक्ष असर गर्भवती तथा सुत्केरी महिलामाथि परेको अध्यक्ष थापाको भनाइ छ।
त्यसैगरी,नियमित औषधि आपूर्तिमा समस्या,ल्याबका लागि आवश्यक रसायन खरिदमा ढिलासुस्ती,आँखा केन्द्रको व्यवस्थापनमा गैरजिम्मेवारी,मेडिकल उपकरण खरिद र विद्युत क्षमतावृद्धि
जस्ता विषयमा दुई वर्षदेखि पटक–पटक पत्राचार र जानकारी गराउँदा पनि समाधान नभएको उनले गुनासो गरेका छन्।
नीति तथा कार्यक्रममा पास भएर बजेट विनियोजन भएका
थर्मल थेरापी सेवा सामग्री खरिद ,CBC मेसिन खरिद,इमर्जेन्सी औषधि खरिद
जस्ता कार्यक्रमहरू समेत कार्यान्वयन नगरेको आरोप लगाइएको छ।
कार्यपालिका बैठकबाट भएका निर्णयहरू पनि स्वास्थ्य शाखा र गाउँपालिकाले कार्यान्वयन नगरेको भन्दै वडा अध्यक्षले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।
जनतालाई आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने जिम्मेवारी बोकेको स्वास्थ्य शाखा जनप्रतिनिधिको आग्रहलाई समेत बेवास्ता गर्दै गैरजिम्मेवार बनेको भन्दै तालाबन्दीसहित कडा ध्यानाकर्षण गराइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top