Flash Story
जुवा (कौडा) खेलिरहेको अवस्थामा ५ लाख ५२ हजार ३ सय नगद रकम सहित ७ जना मानिसहरू नियन्त्रणमा
संविधान सभा सदस्य सुनिल बाबु पन्तद्वारा लिखित ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तक सार्वजनिक 
के नेपालमा गरिब भएर जन्मिनु अपराध हो? अस्पतालको ढोकामा रोइरहेका नेपालीको पीडा
मन्त्रिपरिषद्का निर्णय : विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस,
धनी राष्ट्रहरुले गरेको मानवहित विपरित कार्वन उत्सर्जनले भोटेकोशी जस्तो विपत्ति निम्तियोः युवाहरु
३ करोड ३८ लाखभन्दा बढी रकमको अनलाइन सट्टसबाजी तथा क्रिप्टो कारोबारमा संलग्न एक जना मानिस नियन्त्रणमा
बलात्कार मुद्धामा ९ महिनासम्म नपक्रेको अपाङ्गता भएकी महिलाको गुनासो
चोभार–ड्राइपोर्ट सडकमा जोखिमै जोखिम, खाल्डाखुल्डीले दुर्घटनाको त्रास
स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्न नयाँ कार्यविधि

चाँदनीचोकमा आयोजित स्वास्थ्य शिविर तथा वृहत् रक्तदान कार्यक्रम सम्पन्न

Spread the love

बौद्ध–६, चुच्चेपाटीस्थित चाँदनीचोक डुङ्गेधारा संरक्षण समितिको आयोजनामा १८ औँ गणतन्त्र दिवसको अवसरमा विशेष स्वास्थ्य शिविर तथा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
समितिका अध्यक्ष श्रवण बस्नेतका अनुसार स्तुपा सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित स्वास्थ्य शिविरबाट १७१ जनाले विभिन्न स्वास्थ्य सेवाको लाभ लिएका छन्। शिविरमा सुगर, प्रेसर, थाइराइड, आँखा, दाँत, नाक, कान, घाँटी, बालरोग तथा सामान्य स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधि वितरण गरिएको थियो।
त्यसैगरी आयोजित रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरी मानवीय सेवामा योगदान दिएका छन्। अध्यक्ष बस्नेतले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै आवश्यक रक्त आपूर्तिमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए।


कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्वास्थ्यकर्मी, रक्तदाता, स्वयंसेवक तथा सहभागी सम्पूर्णप्रति धन्यवाद व्यक्त गर्दै अध्यक्ष बस्नेतले आगामी दिनमा पनि यस्ता सामाजिक तथा जनहितका कार्यक्रमलाई निरन्तरता दिइने बताए।
“स्वच्छ नेपाल, स्वस्थ नेपाली” भन्ने नारासहित सम्पन्न कार्यक्रमले स्थानीय समुदायमा स्वास्थ्य सचेतना फैलाउन महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको विश्वास छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top