Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

चर्चित गीतकार प्रेमविनोद नन्दनको ९१ वर्षको उमेरमा निधन

Spread the love

काठमाडौं । चर्चित गीतकार एवं साहित्यकार प्रेमविनोद नन्दनको ९१ वर्षको उमेरमा निधन भएको छ । मोफसलमा बसेर साहित्य सिर्जना गर्दै आएका नन्दनको आइतबार राति चितवन मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो ।

लामो समयदेखि श्वासप्रश्वासलगायतका रोगबाट नन्दन पीडित थिए । केही समययता उनी थला परेर हिँड्डुल गर्नसमेत सक्दैनथे । नारायणी कला मन्दिरका पूर्वअध्यक्ष तथा सल्लाहाकार समेत रहेका नन्दनको पार्थीव शरिरलाई नारायणी कला मन्दिरमा अन्तिम श्रद्धान्जलीका लागि राखिने छ । नन्दनको आजै देवघाटमा दाहासंस्कारको तयारी गरिएको छ ।

गजलमा नै दोहोरी फर्काउन सक्ने क्षमता भएका नन्दनले विभिन्न विद्यामा आफ्ना रचनाहरु सिर्जना गरेका छन् ।

तनहुँको बन्दिपुरमा जन्मिएका नन्दनले केही समय गोरखाको आरुघाटमा व्यापार व्यवसाय गरेका थिए । २०१९ सालमा नारायणगढ बजार झरेका नन्दनले राजधानी बाहिर बसेर नै आफूलाई स्थापित गराउन सफल भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top