Flash Story

प्रधानमन्त्री कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने

Spread the love

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार उनले आज साँझ ६ बजे विशेष सम्बोधन गर्ने तयारी गरेकी हुन्।

सम्बोधनका क्रममा उठाउनुपर्ने मुख्य विषयवस्तुका बारेमा प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्का सदस्य तथा विज्ञहरूसँग अनौपचारिक छलफलसमेत गरेकी छिन्।

उनले सम्बोधनमा देशको वर्तमान राजनीतिक अवस्था, निर्वाचनसम्बन्धी प्रक्रिया तथा राष्ट्रिय सरोकारका मुद्दाहरू समेट्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top