Flash Story
तत्काल इन्धनको मूल्य नघटाए आयल निगम घेराउ गर्ने जेनजीको चतावनी
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने

जेन्जीका मागहरु तत्काल पुरा नगरिए आन्दोलनमा जान्छौं

Spread the love

काठमाडौं – जेन्जी जनक परियारले जेनजीहरुका माग पुरा नगरिए आफूहरु पुनः संघर्षमा उत्रने चेतावनी दिएका छन् । आइतबार राधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी जेन्जीलाई गोलि हान्न आदेश दिनेहरु पुनः टाउको उठाउन थालेकोप्रति रोष व्यक्तसमेत गरेका छन् ।

परियारले भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको जगमा बनेको सरकारले आफूहरुलाई नै वेवास्ता गरेकोे गुनासो गरेका छन् । उनले आफूहरुको आन्दोलनको मूल मर्म भनेको भ्रष्टाचार मुक्त समाज र सुशासन भए पनि भ्रष्टाचारी र जनविरोधीहरु खुलेआम हिँड्न थालेको पनि आरोप लगाएका छन् ।

आफूहरुले जेन्जीहरुलाई गोलि हान्न आदेश दिने तत्कालिन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखकलगायतलाई कानुनी दायरामा ल्याउनु पर्ने, २०४६ सालपछिका उच्च पदस्थ राजनीतिज्ञ तथा कर्मचारीको सम्पत्ति छानविन गर्नुपर्ने, जेन्जीहरुलाई मन्त्रीपरिषदमा प्रतिनिधीत्व गर्नुपर्नेलगायतका मागसमेत राखेका छन् । परियारले आफ्ना मागहरु पूरा नगरिए पुनः सडकमा जान बाध्य हुने चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top