Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

सरकारी कार्यालय र सेवाग्राहीबीच बढ्दो दूरीबारे जेन जी २.० गण्डकी को ध्यानाकर्षण

Spread the love

पोखरा । सरकारी कार्यालय र आम नागरिक/सेवाग्राहीबीच दूरी बढ्दै जानुको प्रमुख कारण सरकारी कर्मचारीको सेवाग्राहीप्रति देखिने रुखो तथा झर्किने व्यवहार रहेको भन्दै जेन जी २.० गण्डकी ले प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण गराएको छ।

जेन्जी २.० गण्डकी प्रदेश का प्रतिनिधिहरूले हाल सरकारी सेवा प्रवाहमा देखिएको व्यवहारगत समस्याले सेवाग्राही निराश बन्दै गएको जनाउँदै कर्मचारीको व्यवहारमै सुधार आवश्यक रहेको उल्लेख गरेका छन्। उनीहरूका अनुसार सबै कर्मचारीको व्यवहार उस्तै नहुन सक्छ, तर व्यवहारिक रूपमा करिब ८० प्रतिशत कर्मचारीबाट सेवाग्राहीले कर्कश र असहज व्यवहार भोग्नुपरेको गुनासो व्यापक छ।

ध्यानाकर्षण गराउँदै टोलीले सेवाग्राहीहरूमा नियम, कानुन तथा प्रक्रियाको पूर्ण ज्ञान नहुन सक्ने अवस्था स्वाभाविक भए पनि कर्मचारीले सेवा प्रवेश गर्दाखेरि यस्ता चुनौतीहरूबारे जानकार भएर नै सेवा क्षेत्रमा प्रवेश गर्ने भएकाले त्यसलाई सामान्यीकरण गर्दै सहनशील र हार्दिक व्यवहार देखाउनु उनीहरूको प्रथम दायित्व भएको स्पष्ट पारेको छ।

यस विषयमा प्रदेश प्रहरी कार्यालयका पदाधिकारीहरूसँग भएको छलफलमा कार्यालय पक्षले समस्या गम्भीर रहेको स्वीकार गर्दै यसलाई सकारात्मक रूपमा लिएको र यथासक्य व्यवहार सुधार तथा सेवा प्रवाहलाई नागरिकमैत्री बनाउनेतर्फ पहल गर्ने प्रतिबद्धता जनाएको जेन्जी २.० गण्डकी प्रदेश ले जनाएको छ।

जेन्जी २.० गण्डकी प्रदेश ले सरकारी सेवा प्रणालीलाई नागरिकमैत्री, उत्तरदायी र व्यवहारिक बनाउन निरन्तर खबरदारी र संवाद जारी राख्ने समेत बताएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top