Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

दलित तथा सीमान्तकृत बालबालिकाको लागि शैक्षिक तथा टियुसन व्यवस्थापन सामग्रीहरु सहयोग

Spread the love

पर्सा – बोधिसत्वा बिहार बुढानिलकण्ठ, काठमाडौंको सहयोग तथा डाक्टर पियारतन महर्जनको सहजीकरण र पिसफोर दलितस फाउन्डेसन नेपाल, पर्साको सहकार्यमा पर्सा जिल्लाको एक हजार दलित तथा सीमान्तकृत बालबालिकाको लागि शैक्षिक तथा टियुसन व्यवस्थापन सामग्रीहरु सहयोग गरिएको छ। पर्सा जिल्लामा अहिले पनि दलित बालबालिकाहरु विद्यालय छोडने दर बढी रहेकोे छ, अभिभावकहरु प्रायः ज्यालादारी , मजदुरी गर्ने गर्दछ्न। दलित तथा सीमान्तकृत समुदायको बालबालिका लागि विद्यालय टिकाउने , कापीकलमको बहानाले विद्यालय छोडन नदिन , गुणस्तरीय शिक्षा , उतिर्ण दर वृद्धि गराउने जस्ता उदेश्यको साथ सामग्री वितरण गरिएको छ।

पिसफोर दलितस फाउन्डेसन नेपालले पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा-३, कवौबन गाउँको मुसहर बस्ती,कटैयाको दलित बस्ती , वडा-५, महुवन गाउँको दलित बस्ती, बिरगंज महानगरपालिका वडा-१९, केहुनिया बिन्दबासनि गाउँको दलित बस्ती संचालन गरेको दलित तथा सीमान्तकृत समुदायको बालबालिकाको लागि सामुदायिक निशुल्क टियुसन कक्षा तथा सिकाई सुधार केन्द्रको ४ वटा गाउँको १ हजार बालबालिकाको लागि कापी,कलम , १००० चाउचाउ , चिसो बोरा साईजको भुईमा बस्ने १००० चटी (फोम), टियुसन व्यवस्थापनको लागि १२ वटा कुर्सी , ४ वटा टेबुल जस्ता सामग्रीहरु सहयोग गरिएको छ ।

डॉ. पिया रत्न महर्जन बालबालिकादेखि समाजका कमजोर समूहहरू सम्म सहयोग, शिक्षा तथा मानव सेवामा प्रत्यक्ष कार्य, साथै युवा तथा शान्ति निर्माणका कार्यक्रमहरूमा नेतृत्वदायी भूमिका निभाउँदै आएका सामाजिक अभियान्ता हुन् — जसले स्थानीय तथा अन्तर्राष्ट्रिय दुवै स्तरमा समाजसेवामा योगदान दिएका छन्।


डॉ. पिया रत्न महर्जन एक सामाजिक, सामुदायिक विकास र मानवीय अभियानी हुन् — जो काठमाडौँ, नेपालमा आधारित छन् र विशेष गरी युवा विकास, शान्ति निर्माण र समाजसेवा क्षेत्रमा कार्यरत छन्। उनले लामो समयदेखि सामाजिक कार्य, मानवीय कार्य, अनाथाश्रम तथा विद्यालय सञ्चालन र अन्तर्राष्ट्रिय मंचमा पनि काम गर्दै आएका छन्।


विगत वर्षमा डा. पिया रतन महर्जन ज्युले पर्सा जिल्लामा विभिन्न सामाजिक सेवाहरू गरी जनसमुदायको सहयोग गर्नुभएको छ। जाडोको समयमा आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई न्यानो कपडा वितरण गर्नुका साथै, विद्यालय जाने बालबालिकालाई कापी, कलम लगायतका शैक्षिक सामग्री उपलब्ध गराउनुभयो। साथै विपद् वा कठिन परिस्थितिमा परेका समुदायलाई राहत, खाद्यान्न वितरण तथा अन्य आवश्यक सहयोग प्रदान गरेर स्थानीय जनताको जीवनस्तर सुधार गर्न महत्वपूर्ण भूमिका निभाउनुभयो।


पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा-3 कौवाबन गाउँको मुसहर बस्तिको एक जना खुसी कुमारी मुसहर बहिनी धेरै खुशीजो साथ सहयोग गर्ने संस्थालाई धन्यवाद भनेको छिन । त्यसै गरि बिन्दबासनी गाउँको एक अभिभावक राजेन्द्र राम ज्यु खुशी भैइ दलित बालबालिकाको लागि गरिएको सहयोगले बालबालिका बिधालय जाने दरमा वृद्धि हुने सम्भावना बढेकोले धन्यवाद दिनुभएको छ।

पर्सा जिल्लाको चार गाउँको एक हजार बालबालिकाको लागि शैक्षिक तथा टियुसन व्यवस्थापन सामग्रीहरु सहयोग गरिएको छ। यस कार्यक्रमको प्रमुख अतिथि बोधिसत्व बिहार , बुढानिलकण्ठ, काठमाडौंको अध्यक्ष आदरणीय पियारतन महर्जन ज्युले बालबालिकाहरुलाई आफ्नो हातबाट वितरण गर्नुभएको छ। यस कार्यक्रमको सहजीकरण पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष मनोज राम, फाउन्डेसनको कार्यकारिणी निर्देशक पारमानन्द राम, सचिव दीपेन्द्र राम, सदस्य सुरेन्द्र पासावान, सन्जोग राम, बिनोद राम लगायतको सहभागिता रहेकोे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top