Flash Story
डिडिसीमा व्यापक अनियमितता भएको पूर्व सञ्चालक समिति अध्यक्षको खुलासा
युवतीलाई गोप्य अङ्ग देखाउनेको भिडिओलाई लिएर गृहमन्त्रीको प्रतिक्रिया: आरोपी पक्राउ, पीडितको साहसको प्रशंसा
फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोजी
सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
थाक्रे–२ मा रोपाइँ कार्यक्रम सम्पन्न, परम्परागत खेती संरक्षणमा जोड
मिडियामा आर्थिक नाकाबन्दी, सरकार अधिनायकवाद उन्मुख भएकोे संकेत
निलो प्रेम पढिरहेकी शिक्षा, तर नौलो जीवन टाढिँदै थियो…
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर संघर्षको तयारी गरौंः राजेन्द्र पाण्डे

कौडिको भाउमा हुने लिलामी रोक्न मन्त्रीसमक्ष पुगे मनिराम ज्ञवाली

Spread the love

काठमाडौं – देशभर लघुवित्त, सहकारी, बैंक तथा मिटरब्याजी महाजनहरूले सर्वसाधारणलाई चर्को ब्याजमा ऋण दिएर लाखौंको सम्पत्ति हजारमा र करोडौं मूल्यको जग्गा लाखमै लिलाम गरिरहेको अवस्थाप्रति तीव्र विरोध भइरहेको छ। यसै सन्दर्भमा आज लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालका अध्यक्ष मनिराम ज्ञवाली, संरक्षक अगस्त अधिकारी, ताहिर खान, सोनाम लामासरू दहालको टोलीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलाराम अधिकारीसँग भेटवार्ता गरेको छ।

भेटका क्रममा प्रतिनिधिमण्डलले देशभर हजारौं नेपालीहरू ऋणको चक्रव्यूहमा फँसी आफ्नो जग्गा र सम्पत्तिबाट वञ्चित भइरहेका गम्भीर अवस्थाप्रति ध्यानाकर्षण गराउँदै, यस्तो अराजकतापूर्ण लिलामी प्रक्रिया तुरुन्त रोक्न कानुनी पहल गर्न माग गरे।

धेरैजसो लघुवित्त तथा सहकारी संस्थाहरूले साना किसान, महिलाहरू र ग्रामीण नागरिकहरूको धितोमा रहेको जग्गा जबर्जस्ती लिलाम गरी उनीहरूलाई शुकुम्बासी बनाइरहेको गुनासो समितिले राखेको थियो।

मन्त्री बलाराम अधिकारीले उठाइएको विषय गम्भीर र भूमि ऐनसँग प्रत्यक्षरूपमा जोडिएको बताउँदै यसलाई सम्बोधन गर्न सरोकारवालासँग परामर्श गरी आवश्यक संशोधनसहित जनतालाई राहत पुग्ने कानुनी प्रावधानहरू ल्याइने प्रतिबद्धता जनाए।

उनले आगामी दिनमा कसैले पनि जनताको सम्पत्ति कौडीको भाउमा लिलाम गर्न नसक्ने गरी कानुनी तथा नीतिगत सुधार गरिने स्पष्ट पारे।

संघर्ष समितिले यस्ता अराजक कार्यमा संलग्न संस्थामाथि निगरानी बढाउन, निष्पक्ष अनुसन्धान गर्न, र वास्तविक ऋण पीडितहरूलाई पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top