Flash Story
तत्काल इन्धनको मूल्य नघटाए आयल निगम घेराउ गर्ने जेनजीको चतावनी
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने

चनौली तिज विशेष साँस्कृतिक कार्यक्रम २०८२ एवं खुल्ला तिज नृत्य प्रतियोगिता ’ हुँदै

Spread the love

निराज रानाभाट,

चितवन – सरिता इभेन्टले नारीहरुको महान चाड हरितालिका तीजको दिनमा ‘ शिक्षा, सिप र श्रमलाई सम्मान, नारी उद्यमशीलता हाम्रो अभियान ’ भन्ने मूल नाराका साथ ‘ चनौली तिज विशेष साँस्कृतिक कार्यक्रम – २०८२ एवं खुल्ला तिज नृत्य प्रतियोगिता ’ गर्ने भएको छ । चितवनको भरतपुर महानगरपालिका – २०, चनौली बजारमा भदौ १० गते मंगलबारका दिन दिउँसो ०१:०० बजेदेखि गर्न लागिएको सो कार्यक्रममा थुप्रै ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । सरिता इभेन्टको अध्यक्ष सरिता आचार्यका अनुसार उक्त कार्यक्रममा चन्द्रा अर्याल, रमेश श्रेष्ठ मेलोडी, सोनिका क्षेत्री, भुमिराज रेग्मी, समुन रोक्का, गोविन्द सापकोट, अनिल सुनारलगायतको प्रस्तुति रहने छ । साथै, खुल्ला तिज नृत्य प्रतियोगिताको लागि दर्ता खुल्ला गरिएको आचार्यले बताईन् । त्यसैगरी, उक्त कार्यक्रमको सहयोगी संस्थाहरुमा कल्याण आमा समूह ( चनौली ), चनौली बजार व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखा, चनौली टोल विकास संस्था, ब्राह्मण समूह ( चनौली ) लगायत रहेको आयोजकले जनाएको छ । साथै, उक्त कार्यक्रमको मिडिया पार्टनरको रुपमा जनअपडेट डटकमलगायतका मिडिया रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top