Flash Story
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक
यूएईको अबुधाबीमा ड्रोन आक्रमणमा ज्यान गुमाएका गोरखाका दिवस श्रेष्ठको पशुपतिमा अन्तिम संस्कार
गुल्मी–१ मा मनिराम ज्ञवालीको घरदैलो अभियान तीव्र
रुपन्देही–१ मा आम जनता पार्टीका उम्मेदवार देवानको घरदैलो तीव्र
आम जनता पार्टीका कालबहादुर बिक दलित क्लस्टरबाट समानुपातिक सूचीको पहिलो नम्बरमा
चुनावी पोस्टरले नगरलाई कुरूप नबनाउने मनिष झाको घोषणा
नेपाल पत्रकार महासंघ ललितपुर शाखा ३४औँ वर्षमा प्रवेश
गाँजा ट्रेकिङ’ वाचा ६ वर्षमा शून्य काम — अब के के बाचा गरेर माग्ने भोट ?
रास्वपावाट टिकट पाएका दैलेख क्षेत्र न. २ का ईन्जिनियर बखत बा. शाहीको चर्चा

भोक्राहा नर्सिङ गपाका अध्यक्ष र प्रप्रअ विरुद्ध अख्तियारमा उजुरी, विशेष टोली गठन

Spread the love

कोशी प्रदेश स्थित भोक्राहा नर्सिङ गाउँपालिका सुनसरीमा भएको बिभिन्न भ्रष्टचार विरूद्ध अख्तियार दुरुपयोग अनुसंधान आयोगको केन्द्रिय कार्यालयमा उजुरी परेको छ ।

स्थानीय यूवाहरुका एक समुहले टंगाल स्थित अख्तियारको कार्यालयमा उजुरी दर्ता गरेका हुन् । C-००७९७८ दर्ता नम्बर रहेको उक्त उजुरीमा केहि प्रमाण सहित भ्रष्टचार भएको बिभिन्न बुँदाहरु उल्लेख गरिएका छन् ।

अख्तियारका सहायक प्रवक्ता एवँ सूचना अधिकारी देवी प्रसाद थपलियाका अनुसार उक्त उजुरी दर्तापछि अख्तियारले आफ्नो प्रकृयागत कारवाही अगाडी बढाएको छ । ‘कुनै उजुरीपछि त्यसमा अख्तियारले विशेष छानविन गर्छ । त्यसको लागि एउटा टोली पनि टोली गठन गरिसकिएको छ । अब उक्त टोलीको छानविन प्रतिवेदनपछि मुद्दा दायर हुने नहुने थाह ह्नेछ’ थपलियाले भने ‘त्यस उजुरीमा बिभिन्न ठोष प्रमाणहरु पनि पेश गरिएका छन् । तर त्यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।’

स्थानीय यूवाहरुले बिभिन्न ठोष प्रमाणहरु समेत राख्दै उजुरी मार्फत पालिकाका अध्यक्ष अजमल अख्तर आजाद, तत्कालीन प्रमुख प्रसाशकीय अधिकृत सुवर्ण घिमिरे र जिन्सी तथा स्वास्थ्य शाखा प्रमुख हिरा साहले आर्थिक अनियमितता र भ्रष्टचार गरेको दावी गरेका छन् ।

पालिकाका अध्यक्ष तथा घिमिरे र साहको समुहद्वारा दुई आर्थिक वर्ष क्रमस २०७९/०८०, २०८०/०८१ को अवधिमा लगभग १० करोड बढीको भ्रष्टचार भएको दावी उक्त उजुरीमा गरिएका छन् ।

उजुरी गर्नेहरु मध्ये एक युवाका अनुसार गाउँपालिकाको चार जना राहत शिक्षक नियुक्ति र १७ जना करारका कर्मचारी नियुक्ति, पाठ्यपुस्तक खरिद, औषधी खरिद सहित दर्जनभन्दा बढी शिर्षकमा अनियमितता गरेको र कागजमै मिलाएर खाएकोले यस विषयमा स्थलगत अनुगमन , निरिक्षण तथा कागजात अध्ययन गरि कारवाहीको माग गरेको हो।

अख्तियारलाई दिएको उजुरी निबेदनमा दुई आर्थिक वर्षको बजेटमा काम भन्दा नितिगत रुपमा भएको व्यवस्थालाई कागज मिलाएर भ्रष्टाचार गरेको अनि स्वास्थ्य कर्मचारी हिरा साहलाई जिन्सी, प्रशासन समेतको जिम्मेवारी दिएर कागजमै बजेट सकेकोले स्वास्थ्य चौकीहरुमा औषधी अभाव भएको, अध्यक्षको कार्यशैलीले शैक्षिक गुणस्तर घटेको,गाउँपालिकाको डिजिटल होडिगंवोर्ड नलगाई भ्रष्टाचार गरेको र खेलमैदान, खेल र खलिल मेमोरियलको नाममा लाखौंको भ्रष्टाचार गरेको दाबी गरिएको छ ।

त्यस्तै पालिकाको आफ्नै गाडी भए पनि गाउँपालिकामा घुम्न पनि दुई वटा भाडाको गाडी चढेको, विधालयको पुस्तक, बालबालिकाको खाजा र स्वास्थ्यको दबाई समेत कागजमा खाई मासेको आरोप लगाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top