Flash Story
यूएईको अबुधाबीमा ड्रोन आक्रमणमा ज्यान गुमाएका गोरखाका दिवस श्रेष्ठको पशुपतिमा अन्तिम संस्कार
गुल्मी–१ मा मनिराम ज्ञवालीको घरदैलो अभियान तीव्र
रुपन्देही–१ मा आम जनता पार्टीका उम्मेदवार देवानको घरदैलो तीव्र
आम जनता पार्टीका कालबहादुर बिक दलित क्लस्टरबाट समानुपातिक सूचीको पहिलो नम्बरमा
चुनावी पोस्टरले नगरलाई कुरूप नबनाउने मनिष झाको घोषणा
नेपाल पत्रकार महासंघ ललितपुर शाखा ३४औँ वर्षमा प्रवेश
गाँजा ट्रेकिङ’ वाचा ६ वर्षमा शून्य काम — अब के के बाचा गरेर माग्ने भोट ?
रास्वपावाट टिकट पाएका दैलेख क्षेत्र न. २ का ईन्जिनियर बखत बा. शाहीको चर्चा
किशोरीलाई मन पराएको विषयमा विवाद हुँदा दैलेखमा चक्कु प्रहारबाट १६ वर्षीय किशोरको मृत्यु

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा…

Spread the love

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्दै छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थली, काठमाण्डौँमा शुक्रबार दिउँसो बस्ने भएको हो ।बैठकमा केन्द्रीय विभागको प्रगति प्रतिवेदन, कुलिङ अफ पिरियडमा भएको गडबडी छानबिन प्रतिवेदन र समसामयिक राजनीतिक एवं पार्टीका गतिविधिसम्बन्धमा छलफल हुने रास्वपाले जनाएको छ।

बैठकमा विभिन्न १३ बुँदाको एजेण्डामाथि छलफल हुने पार्टीका प्रवक्ता मनिष झाले बताए ।

बैठकमा पूर्व केन्द्रीय सदस्यहरूलाई पुनः जिम्मेजारी दिने, विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायको ध्यानार्कषण गराउनेदेखि केन्द्रीय विभाग र प्रदेश विभागको नयाँ नियुक्ति सम्बन्धमा पनि छलफल हुने प्रवक्ता झाले बताए।

यस्ता छन् केन्द्रीय समिति बैठकका प्रस्तावित विषयहरू

१. समसामयीक राजनैतिक एवं पार्टी गतिविधि सम्बन्धमा,
केन्द्रीय विभागको प्रगति रिपोर्ट, संसदीय दलको रुपन्देही बैठक अपडेट, रुपन्देही उपनिर्वाचन अपडेट, रुपन्देही संगठन अपडेट, कुलिङ अफ पिरियडमा भएको गडबडी छानविन प्रतिबेदन, आदी

२. प्रदेश इन्चार्जको प्रदेश रणनीतिको सार एवं रिपोर्ट ९अधिकतम ३ मिनेटका दरमा०

३. केन्द्रीय सदस्य रिपोर्टिङ ९अधिकतम २ मिनेटका दरमा०

४. पार्टी सचिवालय बैठकका निर्णयहरुमा छलफल र अनुमोदन।

५. विधान ब्याख्या अनुमोदन सम्बन्धमा।

६. केन्द्रीय विभागको प्रमुख मनोनयन सम्बन्धमा।

७. पूर्व केन्द्रीय सदस्यहरुलाई पुनः जिम्मेवारी दिने प्रस्तावको सम्बन्धमा।

८. पार्टीको निर्वाचन आयोगमा मनोनयन सम्बधमा।

९. रणनीतिक समुह गठन सम्बन्धमा।

१०. संगठन सवलिकरणका लागि केन्द्रीय समिति, केन्द्रीय विभागलाई थप जिम्मेवारी सम्बन्धमा।

११. विदेशमा रहेका नेपाली नागरिकहरुलाई मताधिकारको ब्यवस्था गर्न सरकार र संबन्धीत निकायको ध्यानाकर्षण गराउने सम्बन्धमा।

१२. सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर बारे प्रगति रिपोर्ट र अभियान थप प्रभावकारी बनाउने सम्बन्धमा ।

१३. विविध
– अधिवेशन प्रतिनिधि समय विन्दु ९केन्द्रीय विभाग, प्रदेश विभागको नयाँ नियुक्ती० सम्बन्धमा ।
– मधेश प्रदेश सहमहामन्त्री सिफारिस सम्बन्धमा ।
– पार्टी सचिवालयबाट अनुमोदन भएको पार्टी केन्द्रीय कार्यालयको अनुमानित बजेट प्रस्तुत ।
– सांसदहरुको लेवि सम्बन्धमा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top