Flash Story
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक
यूएईको अबुधाबीमा ड्रोन आक्रमणमा ज्यान गुमाएका गोरखाका दिवस श्रेष्ठको पशुपतिमा अन्तिम संस्कार
गुल्मी–१ मा मनिराम ज्ञवालीको घरदैलो अभियान तीव्र
रुपन्देही–१ मा आम जनता पार्टीका उम्मेदवार देवानको घरदैलो तीव्र
आम जनता पार्टीका कालबहादुर बिक दलित क्लस्टरबाट समानुपातिक सूचीको पहिलो नम्बरमा
चुनावी पोस्टरले नगरलाई कुरूप नबनाउने मनिष झाको घोषणा
नेपाल पत्रकार महासंघ ललितपुर शाखा ३४औँ वर्षमा प्रवेश
गाँजा ट्रेकिङ’ वाचा ६ वर्षमा शून्य काम — अब के के बाचा गरेर माग्ने भोट ?
रास्वपावाट टिकट पाएका दैलेख क्षेत्र न. २ का ईन्जिनियर बखत बा. शाहीको चर्चा

सर्वोच्च अदालत आगामी साताबाट आंशिक रुपले चल्ने

Spread the love

काठमाडौँ। अर्को आइतबारदेखि सांकेतिक रुपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने भएको छ । सर्वोच्च अदालतले आइतबारदेखि बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता र सुनुवाइ निवेदनहरु हेर्न थाल्ने जनाएको हो ।

बिहीबार प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले एक विज्ञप्ति जारी गर्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाइ गर्ने जानकारी दिएका हुन्।

‘यस अदालतमा आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा सुनुवाइ गर्ने कार्य प्रारम्भ हुने बेहोरा आज बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकको निर्णयानुसार सर्वसाधारण सबैको जानकारीका लागि अनुरोध छ,’ उनले भनेका छन्।

भदौ २४ गते भएको प्रदर्शनको क्रममा सर्वोच्च अदालत सहित काठमाडौंका प्रमुख प्रकाशकीय भवनहरूमा प्रदर्शनकारीले आगजनी गरेका थिए।

आगजनी, ढुंगामुढा, तोडफोड, लुटपाटबाट अदालतका भवनमा भएको क्षतिप्रति प्रधान न्यायाधीश राउतले दुस्ख व्यक्त गरेका छन्।

सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेका अनुसार बन्दी प्रत्यक्षीकरणको सुनुवाइ एनेक्स भवनमा गर्ने तयारी छ।

‘हामीले कम्युटरहरू राख्ने, बत्ती जडान गर्ने कामहरू गर्‍यौं। अब केही दिनमा इन्टरनेटको पनि प्रबन्ध पनि गर्दछौं, हाललाई बन्दी प्रत्यक्षीकरणको मात्र सुनुवाइ हुने भएको हो,’ सेतोपाटीसँग कुरा गर्दै उनले भने, ‘अरू अदालतमा पनि व्यवस्थापन गर्न निर्देशन दिइएको छ।’

प्रधान न्यायाधीश राउतले अदालतका मिसिलका कागजातहरू र भौतिक स्रोत साधनको संरक्षण गर्न खटेका न्यायाधीशहरू, कर्मचारीहरू, कानुन व्यवसायीहरू, कानुनका विद्यार्थीहरू, सुरक्षाकर्मीहरू तथा नागरिकलाई धन्यवाद दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top