Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

तोकिएकै मितिमा निर्वाचन गराउन सरकारलाई माओवादी केन्द्रको ध्यानाकर्षण

Spread the love

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले तोकिएकै समयमा निर्वाचन गराउन सरकारको ध्यानाकर्षण गराएको छ । माओवादीको बुधबार बसेको स्थायी कमिटीको बैठकले उक्त ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले तोकिएकै समयमा निर्वाचन गराउन सरकारको ध्यानाकर्षण गराउने र पार्टीको तर्फबाट आवश्यक भूमिका खेल्ने निर्णय गरेको जानकारी दिए । उनले जीएनजीलगायत लोकतन्त्र, अग्रगमन र परिवर्तनका पक्षधरसँग वार्ता र संवाद गरेर सझदारी कायम गर्ने, समाजवादी मोर्चा र अन्य राजनितिक कार्यदिशा मिल्नेसँग एकता गर्ने, देशभक्त र परिवर्तनकारी पार्टीहरू, सामाजिक संघसंस्थाहरू सबैलाई समेटेर बृहत् संयुक्त मोर्चा निर्माण गर्ने लगायतका निर्णय गरेको जानकारी दिए ।

उनले भने, ‘तोकिएकै समयमा निर्वाचन गराउन सरकारको पुनः ध्यानाकर्षण गराउने र पार्टीको तर्फबाट यथासम्भव भूमिका खेल्ने । जीएनजीलगायत लोकतन्त्र, अग्रगमन र परिवर्तनका पक्षधरसँग वार्ता, संवाद गरेर समझदारी कायम गर्ने । समाजवादी मोर्चा र अन्य राजनीतिक कार्यदिशा मिल्नेसँग एकताको लागि प्रभावकारी पहल गर्ने । सबै देशभक्त, परिवर्तनकारी पार्टीहरू, सामाजिक संघसंस्थाहरू सबैलाई समेटेर बृहत् संयुक्त मोर्चा निर्माण गर्ने ।’

माओवादीको बिहीबार बस्ने केन्द्रीय कमिटी बैठकको लागि एजेण्डा तय गर्न बुधबार स्थायी कमिटिको बैठक बसेको थियो । स्थायी कमिटीको बैठकले विशेष महाधिवेशनमा जाने निर्णय गर्दै एजेण्डा तय गरेको प्रवक्ता सापकोटाले बताए । बैठकले महाधिवेशनको मिति तय गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top