काठमाडौं –‘Save the Nation Media’ले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सनातन यात्राका लागि नयाँ पुस्तासहितको राष्ट्रिय सहमति र सर्वपक्षीय सर्वदलीय सरकार गठनको माग गरेको छ। नेपाल पत्रकार भवन, कमलादीमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका प्रेस सल्लाहकार मेघराज कुवरले नेपाली जनताको एकता र सनातन मूल्य–मान्यतामा आधारित राष्ट्रिय सहमतिको आवश्यकता औंल्याए। कार्यक्रमको संयोजन यवराज आचार्यले गरेका थिए भने […]
वित्तीय माफियाविरुद्ध सचेत रहन समितिको आग्रह, नयाँ आन्दोलन चाँडै घोषणा हुने
काठमाडौँ — लघुवित्त तथा वित्तीय शोषण विरुद्ध संघर्ष समिति नेपालका केन्द्रीय संयोजक मनिराम ज्ञवालीले कालो सूची (ब्ल्याकलिस्ट)मा राख्ने लघुवित्त, सहकारी, बैंक तथा वित्तीय संस्थाहरूलाई चेतावनी दिएका छन्। उनले वित्तीय क्षेत्रका माफियाहरूले आन्दोलन कमजोर पार्न ‘वित्तीय साक्षरता अभियान’ नामक एनजीओको सहायतामा भ्रामक गतिविधि सञ्चालन गरिरहेको आरोप लगाएका छन्। ज्ञवालीले भने, “सरकारले पनि वित्तीय पीडितहरूको पक्षमा ठोस […]
नेपालको प्राचीन ताम्रपत्र — इतिहास, भाषा र धार्मिक महत्व
नेपालको इतिहास लेखिएको सबैभन्दा अमूल्य स्रोतहरू मध्ये ताम्रपत्र (Copper Inscription) विशेष महत्व राख्छ। तामाको पातमा संस्कृत भाषामा देवनागरी लिपी प्रयोग गरी कोरिएका यी अभिलेखहरू प्रायः राजाले दिएको आदेश, जग्गा दान, वा धार्मिक कार्यहरूको प्रमाणस्वरूप लेखाइन्थे। प्रस्तुत ताम्रपत्र पनि त्यस्तै एक उदाहरण हो, जसमा अन्त्यमा “विक्रम संवत् १२९६” स्पष्ट उल्लेख छ, जसको रूपान्तरण अनुसार यो ई.सं. […]
धादिङको कमेरेमा माेटरसाईकल र बस एकआपसमा ठाेकिदा ३ जना घाइते एककाे अवस्था गम्भीर
धादिङ – धादिङकाे नीलकण्ठ न पा ८ काे कमेरेमा माेटरसाईकल र बस एकआपसमा ठाेकिदा ३ जना घाइते भएका छन् भने एककाे अवस्था गम्भीर रहेकाे छ । मलेखु सडक खण्ड (कालु पाण्डे राजमार्ग ) अन्तर्गत नीलकण्ठ न पा ८ कमेरे डिहीमा बा ४ ख ५७५८ नम्बर को बस काठमाडौं जादै गरेको र बिपरित दिसाबाट आएको मोटर […]
तिहारमा सहिदहरूको सम्झनाः राष्ट्रिय एकताको सन्देशसहित जेन जी 2.0 बाट सहिद सपना पूरा गर्ने प्रतिज्ञा
काठमाडौं – जेन जी 2.0 (सबै पुस्ताको सारथी) राष्ट्रिय अभियानले तिहारको अवसरमा “जेनजि सहिदहरूको सम्झनामा” शीर्षकमा विशेष श्रद्धाञ्जली कार्यक्रम काठमाडौंको माईतीघर मण्डलामा सम्पन्न गरेको छ। कार्यक्रमको मुख्य उद्देश्य सहिदहरूको बलिदानलाई सम्मान गर्दै राष्ट्रिय एकताको सन्देश फैलाउने र सहिदहरूको सपना पूरा गर्ने प्रतिबद्धता जनाउनु रहेको थियो। कार्यक्रममा GenZ 2.0 का प्रवक्ता अरविन राई, सदस्य–सचिव कुन्दन कुशवाहा, […]
‘शुसिला कार्कीको अन्तरिम सरकार खारेज गरेर पूर्ण जेनजी सरकार बन्नुपर्छ’
काठमाडौं – शुसिला कार्की नेतृत्वको अन्तरिम सरकारले जेन्जीका परिवर्तनगामी मागलाई वेवास्ता गरेको भन्दै वक्ताहरुले त्यसको विस्थापन गरेर पूर्ण जेनजी सरकारको माग गरेका छन् । सोमबार राजधानीको संवाद डबलीमा भएको खबरदारी कार्यक्रममा उनिहरुले जेनजी पूर्ण सतर्क रहनुपर्नेमासमेत जोड दिएका छन् । ‘राष्ट्रिय रक्ष जेन–जी क्रान्ति संघर्ष समिति एवं शान्तिदूत पक्षधर’ले आयोजना गरेको ‘देशभक्त विद्धान वर्गद्वारा सुझाव […]
कागतिहारसँगै तिहारको शुभारम्भ
काठमाडौं — शुभ समाचार र उज्यालो खुशीका साथ पाँच दिनसम्म मनाइने तिहार पर्व आज कागतिहारबाट सुरु भएको छ। नेपालीहरू बिहानै उठी घरको छत, आँगन र बार्दलीमा कागलाई मीठा परिकार अर्पण गरी यसको सुरुवात गर्छन्। कागतिहारको दिनलाई सन्देशवाहक पक्षी कागको पूजा गर्ने दिनका रूपमा मनाइन्छ। जनविश्वास अनुसार कागलाई यमराजको दूत मानिन्छ, त्यसैले यसदिन कागलाई आदरपूर्वक भोजन […]
दमन होइन संवाद चाहियो: जेन जी नेपाल
काठमाडौं — जेन-जी नेपालले शुक्रबार काठमाडौंको रिपोर्टर्स क्लबमा आयोजना गरेको पत्रकार सम्मेलन सम्पन्न भएको छ। सम्मेलनमा हालैको आन्दोलन, सरकारले लिएका कदम, प्रहरीद्वारा गरिएको गिरफ्तारी, र विभिन्न मुद्दामा जेन-जीको धारणा सार्वजनिक गरिएको छ। कार्यक्रममा वक्ताहरूले सरकारले जेन-जी आन्दोलनलाई दमन गरेर युवाहरूको आवाज दबाउने प्रयास गरेको आरोप लगाएका थिए। उनीहरूले आन्दोलनका मागहरू जायज र जनजीवनसँग प्रत्यक्ष जोडिएका […]
जेन–जी आन्दोलनले उठाएको आवाजप्रति जन प्रजातान्त्रिक पार्टीको ऐक्यबद्धता
काठमाडौं – देशमा बढ्दो राजनीतिक किचलो, नेतृत्व अभाव, सामाजिक र धार्मिक विभाजन, आर्थिक असमानता तथा भौगोलिक तवरले देखिएका मतभेदहरूले मुलुक गम्भीर संकटतर्फ उन्मुख भइरहेका बेला, जन प्रजातान्त्रिक पार्टी नेपालले हालै सम्पन्न जन–जेड आन्दोलनप्रति गहिरो ऐक्यबद्धता जनाउँदै उक्त आन्दोलनलाई यथार्थ परिवर्तको आन्दोलनको रूपमा व्याख्या गरेको छ। पार्टीका केन्द्रिय महासचिव तथा प्रवक्ता राजेन्द्र नेगी द्वारा जारी प्रेस […]
जेन्जीका मागहरु तत्काल पुरा नगरिए आन्दोलनमा जान्छौं
काठमाडौं – जेन्जी जनक परियारले जेनजीहरुका माग पुरा नगरिए आफूहरु पुनः संघर्षमा उत्रने चेतावनी दिएका छन् । आइतबार राधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी जेन्जीलाई गोलि हान्न आदेश दिनेहरु पुनः टाउको उठाउन थालेकोप्रति रोष व्यक्तसमेत गरेका छन् । परियारले भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको जगमा बनेको सरकारले आफूहरुलाई नै वेवास्ता गरेकोे […]

