Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

ललितपुर महानगरद्वारा स्थानीय पत्रकार उपेक्षित, नेपाल प्रेस युनियनको कडा आपत्ति

Spread the love

ललितपुर । ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसको अवसरमा आयोजित पुरस्कार वितरण कार्यक्रममा स्थानीय सञ्चार माध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुलाई वेवास्ता गरिएकोप्रति नेपाल प्रेस युनियन ललितपुरले कडा आपत्ति जनाएको छ। युनियनले उक्त कार्यलाई पत्रकारिता क्षेत्रमाथिको अपमानजनक व्यवहार भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ।

नेपाल प्रेस युनियन ललितपुरले आज जारी गरेको विज्ञप्तिमा ललितपुर जिल्लामा क्रियाशील राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यमका पत्रकारहरूले महानगरपालिकाका नीति–कार्यक्रम, विकास निर्माण, आर्थिक, सामाजिक तथा जनसरोकारका विषयहरू निरन्तर रूपमा समाचारमार्फत उजागर गर्दै आएको स्मरण गराउँदै स्थानीय सरकारबाटै पत्रकारहरूलाई उपेक्षा गर्नु अत्यन्त दुःखद र आपत्तिजनक भएको उल्लेख गरिएको छ।

स्थापना दिवसजस्तो महत्वपूर्ण अवसरमा गरिएको पुरस्कार वितरण प्रक्रियाले स्थानीय पत्रकार तथा सञ्चार माध्यमलाई अपहेलित र निरुत्साहित गरेको युनियनको ठहर छ। महानगर प्रमुख, उपप्रमुखका गतिविधि तथा महानगरले सम्पादन गरेका कार्यहरूलाई आमनागरिकसम्म पुर्‍याउने सञ्चारकर्मीहरूलाई नै तिरस्कार गर्दै गरिएको व्यवहारले ललितपुरमा क्रियाशील पत्रकारहरूमा गहिरो अपमानबोध भएको युनियनले जनाएको छ।

युनियनले स्थानीय तहको दायित्व स्थानीय पत्रकारिताको मनोबल अभिवृद्धि गर्नु, खोजमूलक पत्रकारितालाई प्रोत्साहन गर्नु तथा स्थानीय सञ्चार माध्यमको संरक्षण गर्नु हो भन्दै त्यसको ठीक उल्टो अभ्यास भएको आरोप लगाएको छ। यस किसिमको प्रवृत्तिले प्रेस स्वतन्त्रता र स्थानीय पत्रकारिताको विकासमा गम्भीर असर पार्ने चेतावनीसमेत युनियनले दिएको छ।

नेपाल प्रेस युनियन ललितपुरले आगामी दिनमा पुरस्कार वितरणसम्बन्धी मापदण्ड स्पष्ट, पारदर्शी र समावेशी बनाउन, स्थानीय पत्रकार तथा सञ्चार माध्यमसँग आवश्यक समन्वय र परामर्श गर्न तथा स्थानीय पत्रकारिता प्रवर्द्धन गर्ने स्पष्ट नीति अवलम्बन गर्न ललितपुर महानगरपालिकासँग जोडदार माग गरेको छ।

युनियनका अध्यक्ष केदारनाथ दाहालले विज्ञप्तिमार्फत संवाद, सहकार्य र सुधारात्मक पहलका लागि नेपाल प्रेस युनियन ललितपुर सधैँ सकारात्मक र तयार रहेको स्पष्ट पारेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top