काठमाडौं ।कालीगण्डकी नदीमा आमा–छोरा बेपत्ता भएको आशंकामा सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुुुसार साउन २१ गते साँझ कालीगण्डकीमा आमा–छोरा बेपत्ता भएको आशंकामा खोजी कार्य जारी राखिएको जानकारी हो ।
स्याङजाको गल्याङ नगरपालिका–५ सेतिवेणीस्थित कालीगण्डकी नदीको किनारमा रहेको प्रतिक्षालयमा महिलाले बोक्ने झोला, चप्पल, मोबाइल र बच्चाको जुत्ता फेला हो । ती सामान कालीगण्डकी गाउँपालिका–४ बिर्घा बस्ने २७ वर्षीया श्यामकला पाण्डे र उनको ६ वर्षीय छोरा अर्पित पाण्डेको रहेको बुझिन आएको सहप्रवक्ता थापाको भनाइ छ ।
सहप्रवक्ता थापाले भने , उनीहरु सम्पर्कमा समेत नरहेकाले कालिगण्डकी नदीमा बेपत्ता भएको हुन सक्ने आशंकामा बिहीवार बिहानैदेखि सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गुल्म स्याङजाबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा सुरक्षाफौज परिचालन गरी खोजी कार्य शुरु गरिएको हो,’
बेपत्ता आशंका गरिएकाको खोजीका लागि पोखराबाट गोताखोर समेत लैजाने तयारी भएको छ ।

