Flash Story
रासायनिक मल अभावले किसान संकटमा, थाक्रे–६ का वडा अध्यक्षको सरकारलाई प्रश्न
पूर्वाधारमन्त्री लम्सालले दिए ठेकेदारको ‘खुट्टा भाँच्ने’ अराजक अभिव्यक्ति
दलित जेन–जेड एलायन्सले जातीय छुवाछुत अन्त्यका लागि सात बुँदे सुधार प्रस्ताव सार्वजनिक गर्यो
अर्थ समितिमा न्याय माग्दै पुगे लघुवित्त पीडित, प्रतिवेदन कार्यान्वयन गर्न माग
चाँदनीचोकमा आयोजित स्वास्थ्य शिविर तथा वृहत् रक्तदान कार्यक्रम सम्पन्न
मानव अधिकार आयोगको प्रतिवेदनमाथि गम्भीर प्रश्न
कर्णालीबाट लघुवित्त पीडितको सरकारलाई चेतावनीः असार १५ पछि कडा आन्दोलन
न्यायको माग गर्दै आरती रावल पुनः आमरण अनसन बस्ने
भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले गर्यो आन्दोलनको घोषणा

मन्त्री प्रतिभा रावलद्वारा मालपोत सेवा अनुगमनका लागि डिजिटल प्रणाली सञ्चालन

Spread the love

काठमाडौँ — भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले देशभरका मालपोत कार्यालयहरूबाट भइरहेको सेवा प्रवाहको अवस्थालाई आफ्नै कार्यकक्षबाट डिजिटल माध्यममार्फत नियमित अनुगमन तथा निरीक्षण गर्ने व्यवस्था सुरु गरिएको छ।
मालपोत कार्यालयहरूमा सर्भर डाउन हुने लगायतका प्राविधिक समस्या तथा सेवा प्रवाहसम्बन्धी गुनासाहरू बढ्दै गएपछि, सेवा सुधार र समस्या समाधानलाई तीव्र बनाउन यस्तो प्रणाली कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ।
नयाँ प्रणालीमार्फत मन्त्री र सम्बन्धित अधिकारीहरूले कार्यालयहरूको सेवा प्रवाहको अवस्था प्रत्यक्ष रूपमा हेर्न सक्नेछन्। यसबाट समस्या देखिए तत्काल जानकारी प्राप्त भई समयमै समाधान गर्न सहज हुने अपेक्षा गरिएको छ।
मन्त्रालयका अनुसार यस पहलले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने लक्ष्य राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top