Flash Story
जुवा (कौडा) खेलिरहेको अवस्थामा ५ लाख ५२ हजार ३ सय नगद रकम सहित ७ जना मानिसहरू नियन्त्रणमा
संविधान सभा सदस्य सुनिल बाबु पन्तद्वारा लिखित ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तक सार्वजनिक 
के नेपालमा गरिब भएर जन्मिनु अपराध हो? अस्पतालको ढोकामा रोइरहेका नेपालीको पीडा
मन्त्रिपरिषद्का निर्णय : विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस,
धनी राष्ट्रहरुले गरेको मानवहित विपरित कार्वन उत्सर्जनले भोटेकोशी जस्तो विपत्ति निम्तियोः युवाहरु
३ करोड ३८ लाखभन्दा बढी रकमको अनलाइन सट्टसबाजी तथा क्रिप्टो कारोबारमा संलग्न एक जना मानिस नियन्त्रणमा
बलात्कार मुद्धामा ९ महिनासम्म नपक्रेको अपाङ्गता भएकी महिलाको गुनासो
चोभार–ड्राइपोर्ट सडकमा जोखिमै जोखिम, खाल्डाखुल्डीले दुर्घटनाको त्रास
स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्न नयाँ कार्यविधि

मन्त्री प्रतिभा रावलद्वारा मालपोत सेवा अनुगमनका लागि डिजिटल प्रणाली सञ्चालन

Spread the love

काठमाडौँ — भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले देशभरका मालपोत कार्यालयहरूबाट भइरहेको सेवा प्रवाहको अवस्थालाई आफ्नै कार्यकक्षबाट डिजिटल माध्यममार्फत नियमित अनुगमन तथा निरीक्षण गर्ने व्यवस्था सुरु गरिएको छ।
मालपोत कार्यालयहरूमा सर्भर डाउन हुने लगायतका प्राविधिक समस्या तथा सेवा प्रवाहसम्बन्धी गुनासाहरू बढ्दै गएपछि, सेवा सुधार र समस्या समाधानलाई तीव्र बनाउन यस्तो प्रणाली कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ।
नयाँ प्रणालीमार्फत मन्त्री र सम्बन्धित अधिकारीहरूले कार्यालयहरूको सेवा प्रवाहको अवस्था प्रत्यक्ष रूपमा हेर्न सक्नेछन्। यसबाट समस्या देखिए तत्काल जानकारी प्राप्त भई समयमै समाधान गर्न सहज हुने अपेक्षा गरिएको छ।
मन्त्रालयका अनुसार यस पहलले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने लक्ष्य राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top