Flash Story
रास्वपाको महामन्त्रीमा मनिष झा : सक्षम, निष्ठावान र सर्वस्वीकार्य नेतृत्व
सीमा र देशको विषयमा बोल्दा बालेन सरकारले हामीलाई थुन्योः जेनजी अभियान्ता
आयुष्मा कार्की र सुधिर श्रेष्ठको अभिनय रहेको ‘मन खान्छ कटक्कै’ गीतको म्युजिक भिडियो सार्वजनिक
रासायनिक मल अभावले किसान संकटमा, थाक्रे–६ का वडा अध्यक्षको सरकारलाई प्रश्न
पूर्वाधारमन्त्री लम्सालले दिए ठेकेदारको ‘खुट्टा भाँच्ने’ अराजक अभिव्यक्ति
दलित जेन–जेड एलायन्सले जातीय छुवाछुत अन्त्यका लागि सात बुँदे सुधार प्रस्ताव सार्वजनिक गर्यो
अर्थ समितिमा न्याय माग्दै पुगे लघुवित्त पीडित, प्रतिवेदन कार्यान्वयन गर्न माग
चाँदनीचोकमा आयोजित स्वास्थ्य शिविर तथा वृहत् रक्तदान कार्यक्रम सम्पन्न
मानव अधिकार आयोगको प्रतिवेदनमाथि गम्भीर प्रश्न

भारतीय विदेश सचिव मिश्री नेपाल भ्रमणमा आउँदै

Spread the love

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा आउँदै छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुुसार उनी आगामी भदौ १ गते काठमाडौं आउन लागेका हुुन् ।

नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने तय भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको तयारीका सन्दर्भमा विदेश सचिव मिश्री नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले बताउँछ । प्रधानमन्त्री केपी शर्मा ओली भदौ अन्तिम साता भारत भ्रमणमा जाने तयारी छ ।

साउनको सुरुवातमा प्रधानमन्त्री कार्यालय स्रोतले ओलीको आसन्न भारत भ्रमण भदौ ३१ मा हुने जनाएको थियो ।

‘मिश्री नेपाल आएका बेला प्रधानमन्त्रीको भारत भ्रमण लगायत दुई पक्षीय सम्बन्धका विविध विषयमा छलफल हुन्छ,’ स्रोतले भन्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top